FLASH NEWS
  • Loading...

मतपरिणाम ३ दिनभित्र सार्वजनिक गरिने, बढी मतदाता भएको ठाउँमा एक हप्ता लाग्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—पहिलो चरणको निर्वाचनमा मतगणनामा ढिलाई भएको भनेर निर्वाचन आयोगको आलोचना भएपछि अब दोस्रो चरणको निर्वाचनमा आयोगले अधिकांश स्थानीय तहको मत परिणाम तीन दिनभित्रै आइसक्ने बताएको छ । साथै धेरै मतदाता भएका स्थानीय तहलाई समेत ७ दिनभित्र परिणाम सार्वजनिक गरिसक्न भनेको छ ।
तीनवटा प्रदेश १, ५ र ७ नम्बर का ३३४ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि बुधबार अर्थात आज मतदान भइरहेको छ । मतदान सकिएपछि स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइनेछ र मतदान अधिकृतले राजनीतिक सहमतिमा गणना सुरु गर्न सक्नेछन् ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतगणनालाई छिटो गराउन धेरै समूहहरु बनाउने र तिनीहरुलाई मतगणनाका लागि तालिम दिएर राख्नु भनिएको बताए । उनका अनुसार थोरै मतदाता भएका गाउँपालिकाहरुमा तीन दिनभित्र र धेरै मतदाता भएका स्थानीय तहहरुमा सात दिनभित्र मत परिणाम घोषणा गरिसक्ने जनाएका छन् ।

मतगणनामा सुरक्षा कडाइ
भरतपुर घटनालाई दृष्टिगत गरी निर्वाचन आयोगले मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ । उनले दलहरु प्नि इमान्दार रुपमा प्रस्तुत हुनुपर्ने जनाउँदै भने, ‘निर्वाचन आयोगले राजनीतिक दलका कार्यकर्ता अनुशासित हुनुहुन्छ भन्ने ठान्छ ।’
पहिलो चरणको चुनाव भएको स्थानीय तहमध्ये भरतपुर महानगरपालिका १९ नम्बर वडाको मतपत्र च्यातिएको थियो । यो विवादले ठूलै रुप लियो र हाल सम्म् पनि त्यहाँको परिणाम आउन सकेको छैन् । निर्वाचन आयोगले मत पत्र त्यातिएको वडामा पुनःमतदान गर्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको छ । यो विषय अझै सर्वोच्चमा विचाराधीन छ र यसबारे २३ गते पेशी तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित