FLASH NEWS
  • Loading...

निर्वाचनमा धाँधली भएको भन्दै एमालेद्वारा पुनः निर्वाचनको माग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनः निर्वाचनको माग गरेको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय तह निर्वाचनमा सत्तारुढ पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै सत्ता–संरक्षित धाँधली भएको तहमा पुनः मतदान गराउन माग गरेका हुन् ।
प्रमुख भट्टराईले अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायत जिल्लामा राज्यसत्ताको दुरुपयोग गरी जनमतलाई प्रभावित पार्ने कोशिस गरिएको आरोप लगाएका छन् । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गर्नुका साथै डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको पनि आरोप लगाए ।
अछामको मेल्लेख, पञ्चदेवल नगरपालिकाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको एमालेको आरोप छ । पहिलो चरणको निर्वाचनमा पनि यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो¥याइनुले चिन्तित बनाएको प्रमुख भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित