FLASH NEWS
  • Loading...

माओवादी केन्द्रको विजय जुलुसमा ढुंगामुढा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


काठमाडौं । माओवादी केन्द्रको विजय जुलुसमा ढुंगामुढा हुदाँ ३ जना घाइते भएका छन् । अछामको रामारोशनमा भएको विजय जुलुसमा ढुंगामुढा भएको थियो । घाइते मध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको भने एक जनालाई स्थानिय उपचार गरिएको थियो ।
रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा वडा अध्यक्षसहित पूरै प्यानल जितेपछि माओवादीले विजय जुलुस निकालेको थियो । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको माओवादीले आरोप लगाएको छ ।
घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते दुवैको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित