FLASH NEWS
  • Loading...

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो बन्ने सम्भावना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– स्थानीय तहको दोस्रो तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहिलो हुने लक्षण देखाएको छ । मतगणताको तेस्रो दिन पनि एमालेले अग्रता कायमै राखेको छ ।
प्रथम चरणको निर्वाचनमा पहिलो बनेको एमाले दोस्रो चरणको निर्वाचनमा पनि हालसम्म पहिलो स्थानमै रहेको छ । दोस्रो चरणको निर्वाचनको ३३४ तहमध्ये १३० तहको अन्तिम नतिजा आउँदा एमालेले ६२, कांग्रेस ४३, माओवादी केन्द्र २२, राष्ट्रिय जनमोर्चा २ तथा संघीय समाजवादीले १ ठाउँमा जित हासिल गरेका छन् ।
दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ मा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतगणना अधिकांश तहमा जारी छ । बुधवार निर्वाचन भएको एक मात्र महानगरपालिका बिराटनगर तथा बिभिन्न उपमहानगरपालिकामा मतगणना जारी रहँदा केही नगरपालिका र गाउँपालिकाको अन्तिम नजिता आएको हो । जसमा एमालेले अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ ।
अहिलेसम्म एमालेले जितेका स्थानीय तहहरुमा ताप्लेजुङको मैवाखोला, मिक्वाखोला छन् । पाँचथरसमा हिलिहाङ, कुम्मायक छन् । इलामको सन्दकपुर, चुलाचुली, संखुवासभाको मादी, सभापोखरी, तेह्रथुमको मेन्छेयाम, छथर, आठराई, र फेदाप, भोजपुरको हतुवागढी, पौवादुम्बा, रामप्रसाद राई, टेम्के मैयुम, खोटाङको लामीडाँडा, जन्तेढुंगा, केपिलासगढीमा एमालेको जित भएको छ । त्यस्तै धनकुटाको पाख्रिबास, छिन्ताङ सहिदभूमि, छथर जोरपाटी, चौबिसे, र धनकुटा नगरपालिकामा एमाले नै आएको छ ।
उता सोलुखुम्बुको सोताङ, दूधकोसी र खुम्बुपासाङ ल्हामु, उदयपुरको ताप्ली, उदयपुरगढी र रौतामाइ गाउँपालिका, बझाङको मस्टा, गौमुल, जयपृथ्वी, दुर्गाथली, तलकोट, बित्थडचीर, थलारा, पाण्डवगुफा र स्वामीकार्तिकमा पनि एमालले जित हात पारेको छ । यस्तै, बैतडीको पञ्चेश्वर, डडेल्धुराको अमरगढी र नवदुर्गा, डोटीका सायल, पूर्वीचौकी र आदर्श, दार्चुलाको नौगाड, अपिहिमाल र लेकम गाउँपालिकामा पनि एमालेले जित हात पारेको छ ।
उता, नवलपरासीको सुस्ता, पाल्पाको तिनाउ, निस्दी, पूर्वखोला, ऋद्धिकोट, गुल्मीको मालिका, रेसुंगा, रुरु, मुसीकोट, छत्रकोट, रोल्पाको त्रिवेणी र रून्टीगढी, कैलालीको चुरे र मोहन्याल, प्यूठानको माण्डबी र सुरूमारानी गाउँपालिकामा एमालेले जित हात पारेको छ ।
उता, कांग्रेसले ताप्लेजुङको मेरिङदेन र त्रिवेणी आठराई गाउँपालिका, पाँचथरको तुम्वेवा, संखुवासभाको चिचिला, भोटखोला, र सिलिचुङ, खोटाङको दिप्रुङ र ऐंसेलुखर्क, भोजपुरको भोजपुर नगरपालिका र अरुण, गुल्मीको गुल्मी दरबार, चन्द्रकोट र सत्यवती, नवलपरासीको प्रतापपुर र सुनवल, पाल्पाको माथागढी, दाङको राजपुर, दार्चुलाको शैल्यशिखर, महाकाली र मालिकार्जुन, बझाङको काँडा, बुंगल र सुर्मामा कांग्रेसले जित हात पारेको छ । त्यस्तै, बाजुरको त्रिवेणी, छेडेदह, बडिमालिका र हिमाली, डडेल्धुराको आलिताल, गन्यापधुरा र भागेश्वर, डोटीको केआइसिंह र बडिकेदार, बैतडीको दशरथ चन्द, सुर्नया, शिवनाथ र मेलौली छन् । त्यस्तै, अछामको कमलबजार, कैलालीको जोशीपुर, अर्घाखाँचीको छत्रदेव र सितगंगा, बर्दियाको गुलरिया र ओखलढुंगाको चम्पादेवीमा पनि कांग्रेसले जित हात पारेको छ । त्यस्तै, बाँकेको डडुवा, रोल्पाको लुंग्री र प्यूठानको ऐरावतीमा कांग्रेसले जित हात पारेको छ ।
उता, माओवादी केन्द्रले सोलुखुम्बुको लिखुपिके र महाकुलुङ, ओखलढुंगाको चिसंखुगढी, खोटाङको साकेला, भोजपुरको आमचोक, दाङको बंगलाचुली, रुकुमको सिस्ने, पथा उत्तरगंगा, भूमे, थवाङ, सुनछहरी, माडी, सुकीदह, दुईखोली र रोल्पा नगरपालिकामा जित हात पारेको छ । त्यस्तै, कञ्चनपुरको लालझाडी, डडेल्धुराको अजयमेरु, डोटीको बोगटान, दार्चुलाको मार्मा, गुल्मीको धुर्कोट, अछामको मेल्लेख र उदायपुरको सुनकोसी गाउँपालिकामा माओवादीले जित हात पारेको छ ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्यूठानको मल्लरानी र झिमरुकमा जित हात पारेको छ भने संघीय समाजवादी फोरमले बाँकेको नैनापुर गाउँपालिकामा जित हात पारेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित