FLASH NEWS
  • Loading...

नदी फोहर गर्ने सांसद पनि कारबाहीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं—काठमाडौं उपत्यकाका नदी जतिसफा गरे पनि फोहर कम नभएपछि फोहोर फाल्नेविरुद्ध कडा कारबाही गरिएको छ ।
वागमति सफार्ए अभियान अन्तगर्त नदी सफाईको साथै विभिन्न ठाउँमा सफाई अभियान सञ्चालन गरिए पनि नदि छेउछाउ सफा नहुने भएपछि कारवाही थालिएको हो । प्रदूषणमुक्त राजधानी निर्माणको अभियान जारी रहेका बेला नदी किनारमा फोहर फाल्नेहरुलाई तह लगाउन काठमाडौं र ललितपुर महानगरपालिकाले कारबाही अभियान थालेको हो ।
उक्त अभियानअन्तर्गत बितेका चार वर्षमा १ हजार ३८१ जनालाई कारबाही गरिएको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी गराएका छन् । मीनभवनमा भिएस निकेतन कलेजको भवन नदी किनारसम्म बनाउने सांसद बाबुराम पोखरेल र तिलगंगा आँखा अस्पताललाई पनि नदि किनार मिचेकोमा कारबाही गरिएको हो ।
उपत्यकाका नदीमा फोहर फाल्ने व्यक्ति र संस्थाबाट कारबाहीस्वरुप झण्डै ३० लाख जरिवाना उठेको छ । कारबाहीबाट हालसम्म काठमाडौं र ललितपुर महानगरपालिकाले २९ लाख ४९ हजार ९ सय राजस्व संकलन गरेको जानकारी गराएको छ ।
उपत्यकाका नदी र चक्रपथलगायत स्थान सफाइ गरी हालसम्म १० हजार ८४५ मेट्रिक टन फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानले १५० हप्तासम्म नदीमा फोहर फाल्ने व्यक्तिलाई कारबाही गरेन । सफाइ महाअभियानको १५० हप्ताका बीच महानगरपालिकाले संकलन गरिएको फोहर नउठाएपछि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले फोहर फाल्ने जिम्मा लिएका अधिकारीलाई पनि कारबाही गरेको अभियन्ता बोहराले बताए ।
वाग्मती सफाइ महाअभियानको २१६ औं हप्तामा शनिबार त्रिपुरेश्वर नयाँपुल गुसिन्गाल क्षेत्रमा सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बोहराले बताए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, साया , न्यानो स्पर्श, जीवन विज्ञान, गायत्री परिवार, हलेशी डेकोर, युरेशिया रेयुकाइ, एस जि आई नेपाल, नेपाल विज्ञापन संघ, सुपा देउराली युथ नेटवर्क, निर्माण नेपाल, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो । काठमाडौं महानगरपालिका वडा नं ११ का स्थानीय समुदायको उपस्थिति थियो ।
वाग्मती सफाइ महाअभियानकी सद्भावना दूत नायिका मनिषा कोइराला, पूर्वसचिव डा कृष्णचन्द्र पौड्याल, पूर्वसचिव किशोर थापा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञानका एल पी भानु शर्मा, डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, सागर थापा, प्रहरी उपरीक्षक गणेश ऐर, गोकुल थापा, चक्रबहादुर चन्द, किशोरसिंह शाही, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, सुष्मा शर्मा, गोविन्द काफ्ले, रामशरण कार्की, कौशिल्या घिमिरे, जनार्दन अधिकारीलगायतका व्यक्तिको सफाइमा सक्रियता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित