FLASH NEWS
  • Loading...

एमालेको अग्रता कायमै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– पहिलो चरणको निर्वाचनमा पहिलो बनेको प्रतिपक्षी दल एमाले दोस्रो चरणको चुनावमा पनि अग्रता कायम गर्दै आएको छ ।
दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझसम्म २ सय ७ स्थानको मतगणना सकिँदा एमालेले आफ्नो अग्रतालाई जारी राखेको हो ।
आइतबारसम्ममा १० जिल्लाका सबै तहको गणना सकिएको छ । पछिल्लो मतगणनाको नतिजाअनुसार एमालेले १३ नगरपालिकासहित ९२ स्थानीय तह जितेर पहिलो स्थान सुरक्षित गरेको छ । १ सयभन्दा बढी स्थानीय तहको मतगणना जारी रहँदा नेकपा एमालेले अग्रता कायमै राखेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसले २१ नगरपालिकासहित ८१ स्थानीय तह जितेर दोस्रो स्थानमा खुम्चिएको छ । माओवादी केन्द्रले ४ नगरपालिकासहित २९ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ । चौँथो स्थानमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले दुई÷दुई स्थानीय तह जितेका छन् भने फोरम लोकतान्त्रिकले एक स्थानीय तह जितेको छ । मतगणना जारी रहेको तहहरुमा पनि कांग्रेस र एमालेबीच नै टक्कर चलिरहेको छ ।
अन्तिम नतिजाअनुसार एमालेले सबैभन्दा धेरै ९० तहमा विजयी भएको छ भने ५५ स्थानमा अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेस ८३ तहमा विजयी हुदै ५१ मा अग्रता लिइरहेको छ । यता माओवादी केन्द्र २६ तहमा विजयी हुदा ५ मा अग्रता लिइरहेको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चा २, तथा संघीय समाजवादीले १, नेपाल लोकतान्त्रिकले १ तहमा जित हाँसिल गरेका छन् भने केही स्थानमा अग्रता लिइरहेका छन् ।
यता उपप्रमुखमा एमाले १०५, कांग्रेस ६७, माओवादी २७, जनमोर्चा २ तथा संघीय समाजवादीले १, नेपाल लोकतान्त्रिकले १ ठाउँमा जित हाँसिल गरेका छन् ।
अहिलेसम्म प्रदेश नम्बर १ का तेह्रथुम, धनकुटा, संखुवासभाको मतगणना सम्पन्न भएको छ । त्यस्तै, प्रदेश नम्बर ५ का पाल्पा, रोल्पा र रुकुमको मतगणना सकिएको छ भने प्रदेश नम्बर ७ का अधिकांश पहाडी जिल्लाको गणना सकिएको छ ।
डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडीका सबै स्थानीय तहको गणना सकिएको छ भने दार्चुलाको एक तहको गणना बाँकी छ । दोस्रो चरणको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेको छ ।
मतगणना चलिरहेका एक महानगर र सात उपमहानगरमध्ये एमालेले ५ उपमहानगरमा अग्रता लिएको छ भने कांग्रेसले एक महानगर र एक उपमहानगरमा अग्रता कायम गरेको छ भने राप्रपाले एक उपमहानगरमा अग्रता लिएको छ ।
मत परिणाम आउने क्रम जारी छ । कैलालीको धनगढी उपमहानगरपालिकामा मत गणना दलीय किचलोका कारण स्थगित भएको छ । दोस्रो चरणको निर्वाचन मध्येको एक मात्र महानगरपालिका विराटनगरमा मत गणनाको गति ढिला भएको भन्दै उम्मेदवारहरुले नै छिटो गर्न दबाब दिएपछि शिक्षकहरु राखेर मतगणना स्थल बढाउने तयारी भइरहेको छ । झापामा पनि मत गणना ढिला भएको भन्दै उम्मेदवार र राजनीतिक दलहरुले गुनासो गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित