FLASH NEWS
  • Loading...

अख्तियारद्धारा यातायातका सोह्र कर्मचारीविरुद्ध मुद्दा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय भेरीका १६ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार सो कार्यालयमा आव २०७३÷०७४ मा चारपाङ्ग्रे सवारी साधनको सवारी अनुमतिपत्रको लिखित परीक्षामा भ्रष्टाचार गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाइएकाले हदैसम्मको कारबाहीको माग गरी मुद्दा दायर गरिएको हो ।

विसं २०७३ कात्तिक ५, ६, ७ र ८ गते भएको लिखित परीक्षामा सहभागी १२ हजार ६३१ मध्ये नौ हजार ४०९ जना परीक्षार्थी उत्तीर्ण गराई नतिजा प्रकाशन गरिएको थियो ।

तीमध्ये प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका ४६५ जना परीक्षार्थीलाई सवारी चालक अनुमति दिइने निर्णय परीक्षा समितिले गरेको थियो । तर परीक्षमा उत्तीर्ण नभएकालाईसमेत सवारी चालक अनुमति दिइएको पाइएको छ ।
लिखित परीक्षाको उत्तर पुस्तिकामा प्रदान गरिएको अङ्कका सम्बन्धमा अनुसन्धान गर्दा वस्तुगत बहुवैकल्पिकतर्फको प्रश्नमा कम्तीमा नौ वटा प्रश्नको सही उत्तर दिने परीक्षार्थी मात्र लिखित परीक्षामा उत्तीर्ण गराउनुपर्नेमा नौ वटाभन्दा कम सही उत्तर दिनेलाई समेत उत्तीर्ण गराइएको पाइएको छ ।

उत्तरपुस्तिका परीक्षण नै नगरिएका ३३ जना परीक्षार्थीलाई लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षाको परिणाममा फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले सो कार्यालयका कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृत सीताराम खनाल, डेकराज पोखरेल, विष्णु सहनी, ध्रुवप्रसाद देवकोटा, मेकानिकल इन्जिनियर अर्जुनकुमार चौधरी, प्रहरी निरीक्षक विमलकुमार उपाध्याय, नायब सुब्बा ललितबहादुर ओली, केशवराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुणकुमार गौतम, डिलारम खरेल, ओमबहादुर बस्नेत, गणेशमान आचार्य र प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर सिंहविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित