FLASH NEWS
  • Loading...

बाढीपीडितलाई उचित प्रबन्ध मिलाउन एमालेको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

 

 

काठमाडौं—नेकपा (एमाले) ले शुक्रबार आएको अविरल वर्षाका कारण सप्तरीबाट विस्थापित भएका बाढीपीडितको तत्काल उद्धार गरी बसोबासको प्रबन्ध मिलाउन माग गरेको छ ।
महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सप्तरीको विभिन्न स्थानमा बाढीबाट भएको डुबान, कटान र मानवीय तथा भौतिक क्षतिबाट पार्टी दुःखी भएको भन्दै पीडितका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न पनि माग गरेका छन् । हरेक वर्ष जस्तो बाढीका कारण हुने डुबान र कटानको समस्या समधानका लागि दीर्घकालीनरुपमा ध्यान पु¥याउनुपर्छ, विज्ञप्तिमा भनिएको छ ‘वस्ती तथा खेतीयोग्य जमिनलाई क्षति पु¥याउने सम्भावित खोलामा उचित तटबन्ध गरेर सुरक्षित बनाउन सक्नुपर्छ ।’
महासचिव पोखरेलले तराई–मधेसका बाढीपीडित वस्तीको पहिचान गरी दीर्घकालीन योजनाका साथ काम गर्न सरकारसँग माग गर्दै बाढीपीडितको उद्धार र राहतमा सक्दो सहयोग गर्न पार्टी मातहतका कमिटी तथा नेता–कार्यकर्तालाई निर्देशन दिएको विज्ञप्तिमा जनाएको छ । शुक्रबारको बाढीले सप्तरीमा करिब एक हजार पाँच सय घर डुबानमा परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित