FLASH NEWS
  • Loading...

सुन्दरीजलको प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) जीर्ण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

काठमाडौं–उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) जीर्ण भएको छ ।

यो प्रशोधन केन्द्र विसं २)२३ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो. ५! वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले अब जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडले जनाएको छ ।

दैनिक दुई करोड लाख लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख लिटर पानी पाइपबाट महांकाल चौर शाखा ल्याएर प्रशोधन गरिन्छ । प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुख्खायाममा दैनिक चाररपाँच घन्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक द’ईरतीन घन्टा पानी निर्यात गरिने गरेको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताए ।

सुन्दरीजलबाट पानी लगिएका फलामका २ इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्या छ । यसले गर्दा दैनिक हजारौं लिटर पानी चुहावट भइरहेको छ । सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठुलाठुला भल्भ नै जीर्ण भएको लिमिटेडका कम्पनी सचिव मिलनकुमार शाक्यले स्वीकारे ।

खानेपानी लैजाने यन्त्रलाई पानीमा प्रयोग गरिने रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या भएको उनको भनाइ छ ।
मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेकाले करोडौ रुपैयाँको लागतमा पुनःनिर्माण गर्न महादेवरखिम्तीरकालिका जेभीलाई ठेक्का दिइएको प्रवक्ता आचार्यले जानकारी गराए ।
एक वर्षभित्र जीर्ण प्रशोधन केन्द्र पुनःनिर्माण गरिसक्ने लिमिटेडको लक्ष्य छ । प्रशोधन केन्द्र पुनःनिर्माण भइसकेपछि सु’न्दरीजलबाट निर्यात हुने पानी दैनिक हजारौं लिटर बढ्नेछ ।

बाग्मतीको मुहान सुन्दरीजलमा प्राविधिक कर्मचारीको कमीले गर्दा काम सञ्चालनमा बाधा पुगेको छ । पहिले एक समुहमा पाँच जना कर्मचारी हुने गरेकामा अहिले तीन जना मात्र छन् । सुन्दरीजलको प्रशोधन केन्द्र पुनःनिर्माण भइसकेपछि दैनिक दुई करोड २) लाख लिटर पानी प्रशोधन हुनेछ ।

नयाँ प्रशोधन केन्द्र बन्नुअघि जीर्ण केन्द्रबाट आएको पानी सिधै नपिउन प्रवक्ता आचार्यले सुझाव दिएका छन् ।
प्रशोधन केन्द्रसँगै बाहिरी पर्खाल, पानी पोखरी (रिजर्भ्वायर) र चुहावट रोकथाम (लिकेज कन्ट्रोल) पनि पुनःनिर्माण र मर्मत गरिने लिमिटेडले जनाएको छ । पुनःनिर्माण र मर्मत सम्भारको काम सकेपछि ग’णस्तरीय पानी वितरण गर्न सकिने लिमिटेडले आशा गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे पानी पठाउने मुहानस्थलका मानिसले नै गुणस्तरीय पानी पिउन नपाएको लिमिटेड, खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ मन्त्रालयमा राखिएको बताउँछन् ।

खानेपानीको गुणस्तर हेर्ने जिम्मेवारी पाएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष सुन्दरीजलबाटै वितरण हुने पानी अहिले पिउन नसकिने अनुगमनका क्रममा देखिएको बताउँछन् । गुणस्तरीय पानी वितरणको व्यवस्था मिलाउन लिमिटेडलाई दुई वर्षअघिदेखि निर्देशन दिए पनि अटेर गरेको उनको गुनासो छ ।

दैनिक सुन्दरीजलमा प्रशोधन भएको पानी उपभोग गर्दै आएका जोरपाटीका अनिल पराजुली धारामा धमिलो पानी आउने गरेको दुःखेसो पोख्छन् । छहारी शिक्षा सदनका प्रधानाध्यापक समेत रहेका पराज’ली लिमिटेडले प्रशोधन गरी पठाएको पानी पिएर विद्यार्थी बिरामी भएको बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित