FLASH NEWS
  • Loading...

‘प्रेस स्वतन्त्रबिनाको प्रजातन्त्र असम्भव’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं–प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना पनि गर्न नसकिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
बिहीबार नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको राजधानीमा विमोचन गर्दै नेपालको प्रजातन्त्र टिकाउने भनेकै प्रेस भएकाले प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र नेपालले कल्पना नैगर्न नसक्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रजातन्त्र भएन भने प्रेस स्वतन्त्रता पनि खतरामा पर्ने र प्रेस स्वतन्त्रता नभएका प्रजातन्त्र पनि सुरक्षित नहुने हुनाले यी दुई एकअर्काका परिपूरक भएको बताए ।
नेपालको प्रजातन्त्र टिकाउने भनेकै प्रेस स्वतन्त्रताले हो भन्दै प्रधानमन्त्री देउवाले सरकारले प्रेस स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेको पनि जानकारी गराए । उनले प्रजातन्त्रलाई सुदृढ गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रेस जगत्को महत्वपूर्ण योगदानको आवश्यकता रहेका र नेपालमा यसका लागि संविधानमै स्पष्ट लेखिनु गर्वका कुरा भन्दै नेपालले लिएको प्रेस स्वतन्त्रताको नीति विश्वमै अग्रणी रहेको बताए ।
भौगोलिक विविधता, विभिन्न जातजाति, भाषा र संस्कृति विशेषको मुलुक नेपालको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सञ्चार जगत्ले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रेस स्वतन्त्रताले सुनिश्चित गरेको अधिकारलाई पत्रकारले सत्यतथ्यरुपमा समाचार सम्प्रेषण गर्नुपर्ने पनि बताए ।
उनले समाचारमा सत्य र तथ्य छुटेमा त्यसले समाजलाई नै ‘मिसलिड’ गर्र्ने बताउँदै त्यसको परिणाम नकारात्मक हुनेतर्फ पत्रकार सधैँ सचेत हुनुपर्ने बताए ।
नेपालमा माओवादी सशस्त्र युद्धताकाका विषय समेत समेटिएर लेखिएको पुस्तकका विषयमा चर्चा गर्दै देउवाले आफ्नो पालामा संकटकाल नै हुदासमेत प्रेस स्वतन्त्रतालाई कुण्ठित हुन नदिएको दाबी गरेका छन् ।
उनले भने, ‘म प्रधानमन्त्री हुदा संकटकाल पनि लगाउने अवस्था भएकाले केही अप्ठ्याराहरु भएका हुन सक्छन्, तर, प्रेस स्वतन्त्रता नैं कुण्ठित हुने अवस्था आएको थिएन ।’
समाजलाई मार्गनिर्देशन गर्न पत्रकारिताको अहम भूमिका हुने बताएका प्रधानमन्त्री देउवाले पत्रकारिताबाट त्रुटी भएमा वा गलत तथ्य र सत्य सार्वजनिक भएमा समाज नै गलत बाटोतर्फ जानेमा विशेष जोड दिएका देउवाले त्यसबाट बच्न सचेत गराएका थिए ।
प्रधानमन्त्री देउवाले आफू सधैँ लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारका पक्षमा लडेको भन्दै लोकतन्त्रविना प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व सम्भव नहुने बताएका छन् । उनले नेपालमा संविधान र कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दक्षिण एसियामै धेरै भएको भन्दै पत्रपत्रिका र टेलिभिन च्यानलको संख्या पनि विश्वका लोकतन्त्रिक मुलुकभन्दा धेरै गुणा बढी भएको बताए ।
‘नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विश्वका अधिकांश देशभन्दा ज्यादा छ,’ प्रधानमन्त्री देउवाले भने, ‘मानव अधिकारका क्षेत्रमा समेत नेपाल विश्वका धेरै देश भन्दा अगाडि छ ।’
प्रधानमन्त्री देउवाले समाचार र विचारमा फरक हुने कुरा पत्रकारलाई सम्झाएका छन् । उनले बाहिर आफ्ना विचार, भावना, आदर्शअनुसार लेख्न अभिव्यक्ति गर्न पाइने भए पनि समाचारका सम्बन्धमा चाहिँ त्यो सत्य कुरामा आधारित तथ्यपरक सामग्री पाठकलाई दिनु हरेक सञ्चारमाध्यामको कर्तव्य रहेको बताएका छन् । उनले हिमाल, पहाड तराईका विभिन्न जातजातिका भावनालाइ कदर गरी राष्टिय एकता कायम गर्ने गरी सही सूचना सम्पेषण गर्नुपर्ने पनि बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित