FLASH NEWS
  • Loading...

परेवा उडान प्रतियोगिता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
परेवा उडान प्रतियोगिता

भक्तपुर-  असार । अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौँ ठमेलका गोरखशम्शेर राणाले प्राप्त गर्नुभएको छ ।

नेपाल परेवा उडान खेल सङ्घले आयोजना गरेको प्रतियोगितामा राणाले उडाएको पाँच वटा परेवाले २८ घन्टा आठ मिनेट उडान गरी प्रथम भएको हो ।

आज भक्तपुरमा भएको प्रतियोगिताको समापन एवम् पुरस्कार वितरण कार्यक्रममा चार लाख मूल्य बराबरको केयुर रनिङ शिल्डको उपाधि राणालाई प्रदान गरिएको छ । प्रतियोगितामा काठमाडौँ ठमेलका रवीन्द्र महर्जनको परेवाले कुल २१ घन्टा ४३ मिनेट उडान गरी दोस्रो भयो भने ठमेलकै पुष्प महर्जनले उडाएको परेवाले २१ घन्टा ३१ मिनेट उडान गरी तेस्रो भयो । विगत दुई महिनादेखि सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका गरी ३७ जना प्रतियोगी परेवासहित सहभागी भएका थिए । यसअघि भक्तपुर कौशल्टारका विनोद कुटु, भक्तपुरकै मधु घिमिरे र गोरख शम्शेरले एक÷एक पटक केयुर रनिङ शिल्डको उपाधि हात पारेका छन् । यो शिल्ड आफूसँग राख्न प्रतियोगीले तीन वर्ष उपाधि जित्नुपर्ने हुन्छ । त्यसैगरी गत वर्ष स्थापना गरिएको विष्णुभक्त श्रेष्ठ उत्कृष्ट रनिङ शिल्डको उपाधि भक्तपुर बोडेका सञ्जय श्रेष्ठले हात पारेका छन् भने उत्कृष्ट परेवाको उपाधि पनि सञ्जयले नै हात पारेका थिए । उनको चिनी परेवा आठ घन्टा ३९ मिनट उडेको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजयी सहभागीलाई पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा टाउके, चिनी, तुनियाँ, कास्नी, काभरालगायत जातका परेवा उडाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित