FLASH NEWS
  • Loading...

दार्जिलिङमा हिंसा बढ्दै, सुरक्षाकर्मीको गोलीबाट तीनको मुत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


काठमाडौं– दार्जिलिङमा फेरि तनाव बढेको छ । केही दिन शान्त रहेको भारत शासित दार्जिलिङमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि शनिबारबाट हिंसा भड्केको हो ।
दार्जिलिङबाट १५ किलोमिटर टाढा सोनाडामा ती युवकको शव फेला परेपछि त्यहाँ पुनः हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयले आधा रातमा औषधि लिएर फर्किरहेका युवकलाई पुलिसले गोली हानेर हत्या गरेको भनी आरोप लगाएको छ ।
स्थिति नियन्त्रणमा लिने नाममा तुङसुङका ३७ वर्षीय सुरज सुन्दास र सिंहमारी रोपवे क्षेत्रका समिर गुरुङमाथि गोली चलाएर हत्या गरिएको समाचारमा उल्लेख छ । घटनामा केही सुरक्षाकर्मीका साथै थुप्रै प्रर्दशनकारी पनि घाइते भएका छन् ।
सेना परिचालनपछि दार्जिलिङ सहरको अवस्था केही नियन्त्रणमा आए पनि कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रत्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, मृतक ताशी भूटिया गोरखा नेशनल लिबरेशन फ्रन्टका सदस्य थिए वा गोरखा जनमुक्ति मोर्चाका भन्ने बारे आधिकारी पुष्टि हुन नसकेको बताइएको छ ।
यी युवकसहित सुरक्षाकर्मीको गोलीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । सरकारले स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ ।

तृष्णमूल नेता गौतब बेदले सोनाडामा आधा रातमा कुनै पुलिस फायरिङ नभएका कारण ताशी भूटियाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । गोर्खाल्यान्ड समर्थकले सोनाडा पुलिस स्टेसनमा ढुंगामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि पुलिसले अस्रु ग्यास र हवाइ फायर गरेको छ । गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङले घटनापश्चात् बैठक बोलाएका छन् । अलग राज्यको मागको विषयमा दार्जिलिङमा अनिश्चितकालीन हडतालको शनिबार २४औँ दिन हो ।
पुलिसका एक अधिकारीले भने, ‘हाम्रोमा पुलिस गोलीबारीको कुनै रिपोर्ट आएको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।’ जिजेमएम र अन्य पर्वतीय दलले पुलिसमाथि युवकको हत्या आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् । जिजेएम नेता विनय तामाङले भने, ‘पुलिसले बिनाकारण युवकको हत्या ग¥यो । उनको शरीरमा गोली लागेको निशाना छन् । यसमा संलग्न पुलिसले सजायँ पाउनैपर्छ ।’
कतिपय स्थानीयले भने आमहड्ताललाई भड्काएर स्थिति हिंसातिर लैजाने बंगाल सरकारले कोशिस गरेको आरोप लगाएका छन् । मृत्युको खबर फैलिए लगत्तै गोर्खाल्याण्डका समर्थक सडकमा उत्रिँदै पुलिसविरुद्ध नाराबाजी गर्न सुरु गरे ।
हड्तालका कारण खाद्य आपूर्तिमा समस्या भइरहेको छ भने औषधि पसल छाडेर सबै पसल, स्कुल, कलेज बन्द भएका छन् र इन्टरनेट सेवा २१ दिनदेखि अवरुढद्ध छ ।
यता, पश्चिम बंगालकी मुख्यमन्त्री ममत बनर्जीले भने दार्जिलिङका पार्टीहरुलाई शान्ति कायम राख्न आह्वान गरेकी छन् । साथै उनले सरकार वार्तामा बस्न तयार रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले भनिन्, ‘यदि १०÷१५ दिनमा शान्ति स्थापना हुन्छ भने कुरा गर्न तयार छु । तर, पहिला शान्ति कायम गर्न दिनुस् ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित