FLASH NEWS
  • Loading...

संविधान संशोधनको किचलो सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– सरकार र तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालबीच संविधान संशोधनको किचलो सुरु भएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधन गर्ने सरकारले वाचा गरेपछि राजपाको माग बमोजिम प्रदेश नम्बर २ को निर्वाचन पछि धकेलिएको र चुनाव पनि सम्पन्न भइसकेपछि अब संशोधनको मुद्दाले चर्चा पाउन थालेको हो ।
संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल सुरु गरेका छन् । यसै प्रधानमन्त्री देउवा र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार प्रम निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गरे । ती शीर्ष नेताका बीचमा यही २ असोजमा हुने स्थानीय तहको निर्वाचनका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले भेटमा व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आफ्नो पार्टीलाई आग्रह गरेको राप्रपाका अध्यक्ष कमल थापाले भेटपछि सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनले भने, ‘पार्टीको आन्तरिक बैठकमा छलफल गरी संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिइने जानकारी मैले प्रधानमन्त्रीलाई दिएँ ।’
उता, राजपा नेपालका एक शीर्ष नेताले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता यादवले सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएको बताएका छन् । आफूहरु पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र पनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छाडेर आन्दोलनमा होमिन्छौँ ।’
संविधान संशोधन हुन नसके १२ महिनासम्म सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने उनले बताएका छन् । उनले भने, ‘सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु ? त्यसैले हामी सरकारबाट बाहिरिन्छौँ ।’
संसदमा दर्ता भएको संशोधन प्रस्ताव सहमतिको दस्तावेज एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताएका छन् । उनले भने, ‘पहिलोपटक संशोधन गर्दा पनि एमालेले खासै रुचाएको थिएन तर, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका लागि उसले बाध्य भएर पास गरेको हो ।’
राजपाका नेता यादवले एमालेभित्र मधेसी र जनजाति नभएकोसमेत आरोप लगाएका छन् । उनले भने, ‘एमालेभित्र मधेसी र जनजाति भएको भए उनीहरुको पक्षमा बोलिहाल्थ नि, खोई बोलको नि’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित