FLASH NEWS
  • Loading...

संसदमा कर्मचारी समायोजन विधेयक

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


काठमाडौं–संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै ‘कर्मचारी समायोजन विधेयक, २०७३’ विधेयक प्रस्तुत गरिएको छ ।
व्यवस्थापिका–संसद्को बैठकमा प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाकातर्फबाट उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विधेयक सो विधेयक प्रस्तुत गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहमा जनतालाई सरकारी सेवा प्रवाह गर्नका लागि तत्काल कर्मचारीको समायोजन गर्न कानुनको आवश्यकता परेकाले विधेयक ल्याउनु परेको बताए ।
यसअघि, ‘कर्मचारी समायोजन विधेयक, २०७३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित