FLASH NEWS
  • Loading...

नौ तहमा काँग्रेस, पाँचमा एमाले

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
नौ तहमा काँग्रेस, पाँचमा एमाले

विराटनगर-  असार । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा(एमाले) ले जित हात पारेका छन् ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी हुनुभएको छ । आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरंैचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पार्नुभएको छ । सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा काँग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी हुनुभएकोे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित