FLASH NEWS
  • Loading...

बस दुर्घटनामा दुईजनाको मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ३६ पटक पढिएको
बस दुर्घटनामा दुईजनाको मृत्यु

सल्यान- असार । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज  त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

घाइते चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का तथा अर्का सनाखत हुन नसकेका व्यक्ति छन् । घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि तल झरेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित