FLASH NEWS
  • Loading...

पहिराका कारण घर जोखिममा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
पहिराका कारण घर जोखिममा

लमजुङ- असार । सदरमुकाम बेँसीसहरमा पहिराका कारण तीन घर जोखिममा परेका छन् । बँेसीसहर मजुवाखोलादेखि तल्लो सेरातर्फ जाने सडकमाथिको भाग भासिँदा तीन घर जोखिममा परेका हुन् ।

बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको हो । सडक निर्माणका क्रममा ग्याबिन वा पर्खाल लगाउनुपर्ने भए पनि अहिलेसम्म नलगाउँदा त्यहाँका घर जोखिममा परेका हुन् । पहिराले घर जोखिममा परेको जानकारी पाएलगत्तै प्रजिअ, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकको टोलीले स्थलगत अनुगमन गरेको थियो । जोखिममा रहेका घरलाई सुरक्षित गर्न पहिरो गएका ठाउँमा पर्खाल लगाउन निर्देशन दिइने प्रजिअ युवराज मैनालीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित