FLASH NEWS
  • Loading...

कांग्रेस भक्तपुर जिल्ला कार्य समितिमा आरोप प्रत्यारोप

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


भक्तपुर–स्थानीय तहको निर्वाचनमा भक्तपुरको चार नगरपालिकाका कुनै पनिमा स्थानिय तहमा विजय प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिमा आरोप प्रत्यारोप चलेको छ ।
कांग्रेसको गढ मानिएको मध्यपुर थिमी नगरपालिकाका कुनै पनि वडामा कांग्रेसले कुनै पनि जित हासिल गर्न सकेन् । वडा, नगरप्रमुख पदमा एमालेले जित हासिल हासिल गरेपछि कांग्रेसले अन्तर्घातको कारण हार भएको आरोप लागेको छ । मध्यपुरमा उपप्रमुखसहित बहुमत वडामा भने कांग्रेसले बिजयी भएको छ ।
पार्टीको तर्फबाट उम्मेदवार भएकाहरुले सम्बन्धित नगरपालिकाका पार्टी नेता तथा कार्यकर्तालाई अन्तर्घात गरेको आरोप लगाउन थालेपछि आरोप प्रत्यारोप सुरु भएको हो ।
भक्तपुर नगरपालिका बाहेक अन्य तीन चागुनारायण, सूर्यविनायक र मध्यपुर थिमी नगरपालीकामा जित्ने उद्देश्य साथ पार्टीले उम्मेदवार उठाएको थियो । तर ती सबै नगरपालिकामा नेकपा एमालेले जितेको छ ।
पार्टीका जिम्मेवार व्यक्तिले अन्तर्घात गरेर आफुलाई हराएको भन्दै मध्यपुर नगरपालिकामा कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार रहेका अष्ट कवेंले बताउँदै आएका छन् । उनले यतिबेला मध्यपुरमा समानान्तर गतिविधि चलाउन शुरु गरेका छन् ।

‘तपाईंले समान्तर नगरसमिति चलाएको आरोप छ’ भन्ने प्रश्न गर्दा उनले भने, ‘यसबारेमा मलाई थाहा छैन ।’ अन्तर्घातीले चोखिन आफुलाई यस्तो आरोप लगाएको समेत उनको दाबी छ ।
कवेंले नगरअधिवेशनबाट निर्वाचित समितिलाई बाहिर राखेर समान्तर गतिविधि गरेको वर्तमान नगरसमितिको आरोप छ ।
केही दिन अगाडी नगर समितिको व्यानर राखेर असार १८ गते गरिएको कार्यक्रम बारे वर्तमान नगरकार्य समितिलाई खबर समेत नभएको उनीहरुले बताए ।
नगरका क्रियाशिल पार्टी सदस्यहरुको उपस्थितिबाट निर्वा्चित कार्य समितिलाई बाहिर राखेर समान्तर गतिविधि भएको नगर सभापति सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
समान्तर गतिविधि गर्नेलाई अनुशासनको बारवाही गरि पाउँ भन्दै कार्य समितिले १ नम्बर, २ नम्बर क्षेत्रिय समिति, जिल्ला कार्य समिति र कन्द्रीय समितिलाई पत्रचार गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित