FLASH NEWS
  • Loading...

भरतपुर महानगरपालिकाको मुद्दाको सुनुवाई आज

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– आज भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई हुँदैछ ।

गत जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले उक्त वडामा पुन मतदान गर्ने निर्णयको विरुद्धमा परेको मुद्दाको सुनुवाई आज हुने भएको हो । उक्त निर्णयको विरोधमा सो वडाका वडासदस्यका उम्मेदवार गुञ्जमान विक र अर्का एक मतदाता समेत रहेका अधिवक्ताले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

मुद्दाको सुनुवाइका गत शुक्रबार नै पेशी तोकिएपनि न्यायाधीशद्वय मिरा खड्का र अनिलकुमार सिन्हाले समयअभाव भन्दै सुनुवाई सारेका थिए ।
बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएपछि परेको मुद्दाको सुनुवाई पटक पटक सर्दै आएको छ । स्थानिय तह दोस्रो चरणको निर्वाचनको अधिकांश स्थानको मत परिणाम आए पनि, पहिलो चरणको बडो चासोले हेरिएको सो महानगरको मत परिणाम भने हुन सकेको छैन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित