FLASH NEWS
  • Loading...

इजरायलमा कामदार पठाउन नयाँ सम्झौताको तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


काठमाडौं–कोरियासँग ‘रोजगार अनुमति प्रणाली’ (ईपीएस) जस्तै पद्धति लागू गर्न नेपालले इजरायल सामू प्रस्ताव अघि सारेको छ ।
वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) सामू नयाँ सम्झौता गर्न सो प्रस्ताव अघि सारेको हो । इजरायलमा कोटा तोकेर केयरगिभर लैजाने पद्धति परिमार्जन गर्न प्रस्ताव गरेको छ । कोरियामा जस्तै कामदारको प्रारम्भिक छनौटका लागि भाषा परीक्षाका आधारित पद्धति लागू गर्न पनि प्रस्ताव गरेको छ ।
नेपाली अधिकारीहरुले केयर गिभर बाहेकका सम्भाब्य क्षेत्रमा पनि कामदार लैजाने गरी सम्झौता गर्न नेपाली अधिकारीले जोड गरेका छन् । दक्ष नेपाली कामदारले इजरायलमा अन्य क्षेत्रमा पनि काम पाउने सम्भावना रहेकाले कामका क्षेत्र थप्नेबारे पनि छलफल भइरहेको विभागका अधिकारीहरुले बताए ।
अहिले इजरायल जान आवेदन दिएका हरुमध्येबाट चिठ्ठामार्फत छनोट गरेर परीक्षा लिइन्छ । तर, अब आवदेन बुझाएका सबैको भाषा परीक्षा लिन प्रस्ताव गरिएको विभागका निर्देशक मोहन अधिकारीले बताए । ‘हामी ईपीएस जस्तै गरी परीक्षा लिन सक्छौं, यसबाट आवेदकको गुनासा पनि सम्बोधन हुन्छ’ अधिकारीले भने, ‘योग्य ब्यक्तिले पनि अवसर पाउने भएकाले यस्तो प्रस्ताव गरेका हौं ।’
चिठ्ठाका आधारमा छनोट गर्दा विभागमाथि पनि प्रश्न उठेकाले इपीएस पद्धतिबाट परीक्षा गरेर उत्कृष्टलाई छनोट गरेर लैजान प्रस्ताव गरिएको निर्देशक अधिकारीले बताए ।
नेपालले एक लटमा जाने कामदार संख्या बढाउन पनि प्रस्ताव गरेको छ, जसमा इजरायलले सकारात्मक जवाफ दिएको छ । इजरायलले अहिले परीक्षण रुपमा वर्षमा ६० जना नेपाली कामदार मात्रै केयर गिभरका रुपमा लगिरहेको छ ।
इजरायल जान पाउने आशामा केयर गिभर र हिब्रु भाषाको तालिम लिनेको संख्या धेरै छ । तर, सीमित कोटा दिएको र प्रारम्भिक छनोटमा पनि चिठ्ठा पद्धति अपनाएको कारण रोजगारीका लागि इजरायदल जाने सपना देख्ने धेरै निरास छन् । चिठ्ठा प्रक्रियामा धाँधली हुने आशंका पनि उनीहरुले गर्दै आएका छन् ।
अहिले दोस्रो चरणमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । यो चरणमा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रुपमा लैजाँदैछ । पहिलो चरणमा ५९ जनालाई लगिएको थियो ।
यो पटक केयर गिभरका रुपमा इजरायलमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १ सय जनालाई चिठ्ठामार्फत छानेर भाषा परीक्षा लिइएको थियो । अब इजरायलले नयाँ सम्झौता नभएसम्मका लागि थप एक लटको कोटा पठाउने जानकारी पनि दिएको निर्देशक अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित