FLASH NEWS
  • Loading...

संविधान संशोधन थाती राखिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail


काठमाडौं—संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच मंगलबार ठोस सहमति नभएपछि दुई तिहाइ जुट्न सक्ने अवस्था नभएमा हाल प्रस्ताव थाती राखिने भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ठोस सहमति नभएपछि सो संशोधन प्रस्ताव स्थानीय निकाय निर्वाचनको तेस्रो चरणपछि धकेलिने देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै तहको निर्वाचन (आगामी मंसिर)पछि मात्र संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेपछि त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालस“ग थप वार्ता गरेर सत्ता पक्ष निष्कर्षमा पुग्ने भएको छ । मंगलबारको छलफलमा संशोधन विधेयक मतदानमा लाने, हाल थाती राख्ने वा थप सहमति जुटाएर पारित गराउने जस्ता विकल्पमा केन्द्रित थियो ।
छलफलमा सहभागी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संशोधनका पक्षमा दुई तिहाइ पु¥याउने गरी प्रक्रिया अघि बढाउन सरकार तयार रहे पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले समर्थन दिन नसकेकाले के गर्ने भन्नेबारेमा राजपास“ग थप परामर्श हुने जानकारी दिएका थिए ।
उनले भने, ‘सरकार संविधानले तोकेको समयमा सबै तहको निर्वाचन गराउन प्रतिबद्ध छ, त्यसअघि संशोधन पनि गराउन चाहन्छ तर दुई तिहाइ नपुग्ने अवस्थामा संविधान संशोधन प्रक्रिया अघि बढ्न कठिन छ तर हामी राजनीतिक सहमतिको वातावरण बनाएर निर्वाचनमा जान्छौ“ ।’
राजपालाई तेस्रो चरणमा हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा सहभागी गराउन सत्ता पक्षले संविधान संशोधनको तयारी गरेका सन्दर्भमा प्रमुख प्रतिपक्षी एमालेस“ग छलफल भएको हो । एमालेले प्रदेशको सिमाना हेरफेर जस्ता विषयमा निर्वाचनअघि हुने संविधान संशोधनले राष्ट «हित नगर्ने अडान राख्दै आएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हु“दैछ ।
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले निर्वाचनपछि मात्र राष्ट्रिय आवश्यकताका आधारमा संविधान संशोधन गराउन आफूहरू तयार रहेको स्पष्ट पारिएको बताउ“दै सहमति विपरीत एकपक्षीय रूपमा संशोधन प्रस्ताव ल्याइए मान्य नहुने धारणा व्यक्त गरे । उनले निर्वाचन क्षेत्र निर्धारण आयोग पनि तत्काल गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन भएमा राजपा निर्वाचनमा सहज रूपमा आउने भएकाले यसबारे सहमति जुटाउन पहल गरिएको तर एमालेले हाललाई यो प्रस्ताव अघि नबढाउन आग्रह गरेकाले यसबारे के गर्ने भन्नेमा राजपास“ग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता निधि, एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता श्रेष्ठ र रामबहादुर थापाको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित