FLASH NEWS
  • Loading...

एजेन्ट खटाएको भन्दै भारतविरुद्ध खनिए ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष केपी ओली भारतविरुद्ध खनिएका छन् ।
बिहीबार राजधानीमा तराई–मधेसका बृद्धिजीवीहरुसँग गरेको अन्तरक्र्रियामा अध्यक्ष ओलीले एमालेलाई फुटाउन भारतले एजेन्ट खटाएको भन्दै भारतविरुद्ध खनिएका हुन् ।
अन्तक्र्रिया कार्यक्रममा ठ्याक्कै भारतको नामै त लिएनन् तर विदेशी एजेन्सी भन्दै भारततर्फ स्पष्ट संकेत गर्दै आफ्नो पार्टीविरुद्ध पैसा बाँडिरहेको आरोप लगाए । उनले एजेन्सीले बुधबार साँझ मात्रै पनि बैठक राखेर एमालेविरुद्ध अघि बढ्न सल्लाह दिएको खुलासा गरे । कार्यक्रममा अध्यक्ष ओलीले विदेशी एजेन्सीले पैसा बाँडेर आफ्ना दलका नेताहरुलाई पार्टी छाड्न दबाव दिइरहेको बताएका छन् ।
उनले आज एमालेविरुद्ध विदेशी एजेन्सी प्रयोग हुदा खुसी हुनेहरु भोलि त्यसको सिकार हुन सक्ने टिप्पणीसमेत गरे । खुसी हुनेहरुको नाम ठ्याक्कै नलिए पनि उनले कांगेस र माओवादीतिर इंगित गरेका थिए ।
अध्यक्ष ओलीले कुनै देशको एजेन्सीले पैसा बाँड्दै फलोना पार्टी छाड्, आन्दोलनमा जाऊ भन्न नमिल्ने भए पनि उनीहरुबाट यस्तो काम भइरहेको बताएका छन् । हिजो (बुधबार) मात्रै पनि त्यो एजेन्सीले त्यस्तै त्यस्तै मान्छेहरु राखेर बैठक गरेको सूचना पाएका बताएका छन् । त्यो बैठकले त्यस्तै त्यस्तै गर्ने निर्णय गरेर उठेको तर त्यस्तै त्यस्तै भनेर अरु चाहिँ केही खुलाएनन् ।
अध्यक्ष ओलीले संविधान संशोधनलाई सत्तापक्षले एमालेविरुद्ध प्रहार गर्ने हतियार मात्र बनाएको तर मधेसको समस्या समाधान गर्न नचाहेको आरोप लगाएका छन् । उनले संविधान संशोधनलाई सहमतिबाट टुंगो लगाऔँ भन्दा सरकारले प्रस्ताव नै बोकेर हिँडेको आरोप लगाए ।
एमालेले संविधान संशोधन विधेयकमा संशोधन हालेको र सहमति गरेर उचित कुरामा संशोधन गरौँ भन्दा सरकार भाग्न खोजेको आरोप लगाएका छन् । संसदबाट भोटिङ गरेर टुंग्याउनु पर्ने भए पनि सरकारले संसदमा पेस नगर्नुको अर्थ मधेसको माग पूरा गर्न नचाहेको स्प्ष्ट भएको बताए ।
अध्यक्ष ओलीले एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन गराउन सरकारले नचाहेको बताएका छन् । उनले एमालेले मानेन भनेर राजनीति गर्न खोजेको आरोप लगाउँदै एमालेको साथ लिनुको साटो सरकार एकसिटे दललाई मन्त्री बाँडेर दुई तिहाई पु¥याउने तमासा देखाउन लागेको बताए ।
‘तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन,’ अध्यक्ष ओलीले भने, ‘त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।’
उनले तराई–पहाड छुट्टयाउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी भएको बताए ।
‘तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुर्धाछौँ ।’
उनले मधेसका सहिदलाई अपमान शब्द र त्यहाँका जनतालाई बिहार र उत्तरप्रदेश जान आफूले कहिल्यै नभनेको स्पष्ट पार्दै तराई–मधेस सुगम भए पनि विकासका दृष्टिकोणले दुर्गमभन्दा पछि परेको धारणा व्यक्त गरेका छन् ।
‘विकास, मानव सचेतना र सामाजिक जागरणले तराई–मधेस दुर्गमका पडाडि भू–भागभन्दा पछि परेको छ, अब दुर्गमभन्दा पछि परेका मधेसका भू–भागलाई हरेक दृष्टिकोणबाट अगाडि लैजानु पर्दछ,’ अध्यक्ष ओलीले भने ।
उनले संविधान सहमतिको दस्तावेज भएकाले कुनै पनि समुदायको विकासमा संशोधन गरेर मद्दत पुग्छ भने संशोधन गर्न एमाले तयार रहेको बताउँदै चुनावपछि एमालेसहितको छलफल गरी संविधान संशोधन गर्न सकिने बताए ।
देशको विकास पुजीवादी नभई समाजवादी अवधारणाबाट अगाडि बढ्नुपर्नेमा जोड दिदै अध्यक्ष ओलीले कुनै एक ठाउँको विकास भएर मात्र समग्र देशको विकास हुन नसक्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित