FLASH NEWS
  • Loading...

‘स्थानीय तहको अधिकार कटौती मान्य हुँदैन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail


भक्तपुर–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै यसको विरोध गरेको छ ।
सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताए । उनले सरकारको यस्तो कदम एमालेलाई कुनै पनि हालतमा मान्य नहुनेसमेत बताए ।
अध्यक्ष ओलीले भने, ‘संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेको छ, यो एमालेलाई मान्य हुनेछैन ।’
उनले अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवं समग्र देशको विकासमा सहयोग र्पुयाउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेकोसमेत बताए ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठलगायतले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न नहुने बताए ।

परिषद्मा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४ र ७५ का लागि कुल ४८ करोड १० लाख २८ हजारकोे अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित