FLASH NEWS
  • Loading...

बाजुरामा ७१ प्रतिशत जनसंख्या गरिबीको चपेटामा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०४ पटक पढिएको
Post Thumbnail


काठमाडौं–गरिबीको पहिचान गरि उनीहरको लागी कार्यक्रम ल्याउने उदेश्यले गरिएको हालसम्मको अनुसन्धानमा सबैभन्दा धेरै गरिब बाजुरामा देखिएका छन् ।
गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिएको २५ जिल्लाको अनुसन्धानमा २७ लाख ८८ हजार ७ सय ४४ गरिबको पहिचान भएको छ । बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर आएको हो ।

बोर्डले २५ जिल्लाका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा धेरै गरिब बाजुरामा छन् । त्यहाँ ७१ प्रतिशत गरिब छन् । अध्ययन गरिएका जिल्लामध्ये तनहुँ सम्पन्न देखिएको छ । त्यहाँ मात्रै २१.१ प्रतिशत गरिब छन् ।

गरिब जनसंख्याको पहिचान गरिए पनि कहिलेदेखि परिचयपत्र वितरण गर्ने र उनीहरुको लागी के कायैक्रम ल्याउने भन्ने अझै अन्योल छ । परिचयपत्र प्राप्त गरेपछि गरिबले पाउने सेवासुविधाबारे केही निर्णय हुन सकेको छैन् ।

मन्त्रालयका सहसचिव सुरेश प्रधानले गरिबी निवारणसँग सम्बन्धित सबै परियोजनालाई एकीकृत रूपमा सञ्चालन गर्ने भनिए पनि कुनै प्रगति नभएको बताए । उनका अनुसार गरिबी निवारणका लागि आयआर्जनसँग सम्बन्धित कार्यक्रममा जोड दिने मन्त्रालयको तयारी छ ।

मन्त्रालयलाई गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमको अधिकार नभएका कारण परिचयपत्र प्राप्त गरिबले पाउने सेवा–सुविधाबारे अहिलेसम्म प्रस्ट हुन नसकेको उनले बताए । गत ९ जेठबाट गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र गरिबसँग विश्वेश्वर कार्यक्रम मन्त्रालयमातहत आएका छन् । ती निकाय मन्त्रालयमातहत आएकाले अब गरिबसँग सम्बन्धित अन्य कार्यक्रम र बजेटबारे छलफल हुने सहसचिव प्रधानले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित