FLASH NEWS
  • Loading...

कांग्रेस एक ढिक्का हुनै पर्छ ः नेता सिंह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


पोखरा—नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानिय निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेपछि अब कांग्रेस एक ढिक्का भएर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका नेता रामहरि जोशीको निधनमा कास्की कांग्रेसद्वारा शनिबार आयोजित शोक सभामा उनले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै मिलेर पार्टीलाई अगाडि बढाउन सुझाव समेत दिए । नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँल्याए । उनले भने, ‘यसपाली सोचे अनुरुप परिणाम आएन, पार्टी भित्रकै किचलोका कारण यस्तो भएको हो, त्यसैले अब आर्को चुनावको लागी एक ढिक्का हुनु जरुरी छ ।’
उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन हुने हुनाले यसको संस्थागत विकास गर्न पार्टी लाग्न जरुरी रहेको उनले बताए । उनले भने, ‘संविधानको कार्यान्वयनको संस्थागत विकाश गर्ने काम पार्टीको काँधमा छ ।’
नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएभैm आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणासमेत व्यक्त गरे । एकले गरेर भन्दा मिलीजुली गएमा विकाश तिव्र गतिमा हुने हुनाले पनि सबै पार्टीले मिलेर नै संविधान कार्यान्वयनमा सहयोग पुर्याउनुपर्ने धारणा राखे ।
उनले कांग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार सार्वजनिक गरे । त्यस्तै कास्कीका पार्टी सभापति कृष्ण केसीले स्व रामहरि जोशीको योगदानमाथि प्रकाश पारेका थिए । उनले देश प्रति पार्टी प्रति गरेको योगदान र त्यागको चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित