FLASH NEWS
  • Loading...

उपत्यकामा लागुऔषध लिनेको संख्यामा वृद्धि

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४४ पटक पढिएको
Post Thumbnail


काठमाडौं—लागुपदार्थ तश्करी र दुव्र्यसनीलाई नियन्त्रण गर्ने जति नै लक्ष्य लिए पनि काठमाडौं उपत्यकामा लागु ओक्षध लिनेको संख्या बढेको देखिएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
काठमाडौंमा सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या बढेको छ भने पोखरा उपत्यकामा पनि यस्ता दुव्यर्सनी बढेको देखिएको छ । कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वेक्षण गरिएको केन्द्र जनाएको छ । तीमध्ये काठमाडौं उपत्यकामा सन् २०१७ मा सूईद्वारा लागुऔषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०१५ मा भने सो दर ६ दशमलव ४ प्रतिशत रहेको थियो ।
यसैगरी पोखरा उपत्यकाभित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको केन्द्रका निर्देशक डा तरुण पौडेलले जानकारी दिए ।
सेभ ‘द’ चिल्ड्रेनको आर्थिक एवं प्राविधिक सहयोगमा केन्द्रले गरिएको उक्त सर्वेक्षणमा ती क्षेत्रका ७४० पुरुष समलिंगी र तेस्रोलिंगीमा सुईद्वारा लागुऔषध लिनेको संख्यामा समेत वृद्धि भएको देखाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित