FLASH NEWS
  • Loading...

न्यायाधीशलाई ’ओभरटाइम’ गराउने पराजुलीको योजना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail

काठमाडौं । न्याय क्षेत्रलाई विश्वनिय र छिटो छरितो बनाउने उदेश्यले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरुलाई ओभरटाइम गराउने योजना गरेका छन् ।

सोमबार राष्ट्रपति विद्या भण्डारीसामु सपथ लिएका पराजुलीले सर्वोच्च पुगेर पदभार ग्रहणसमेत गरे । सो अवसरमा उनले ३९ बुदँकार्ययोजना अनुसार नै अघि बढ्ने जानकारी गराए ।

उनले भूकम्पको असर सम्झाउँदै भने, असनका पुराना घरहरु किन ढलेनन् तर एक्लो घर किन ढल्यो, भनेर प्रश्न गरे । उनले थपे, ‘मेरो सहयोगी वरिष्ठ न्यायाधीश हुनुहुन्छ, उत्तराधिकारी साथी पनि हो । हामी एउटै उद्देश्यका साथ मैले जुन प्लान लिएर आएको छु, यसमा कुनै विमति छैन । हामी दुबै एक ढिक्का भएर सहकार्य हुन्छ ।’

अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रुपमा काम गर्ने भन्ने करिव–करिव सहमति भएको भन्दै उनले, अतिरिक्त काम गरेर भएपनि जनतालाई सेवा दिन सबै न्यायाधीश तयार रहेको जनाए ।
प्रधानन्यायाधीश पारदर्शी र उत्तरदायी होस् भन्ने सबैले हेर्न चाहेको भन्दै उनले त्यो पूरा गर्ने बताए । उनले भने, ‘कसले के प्रकाशन र्गयो, के गर्यो हिजोको कुरा छोडिदिऊँ । म पारदर्शी, एकदम उदार दिलको र कहि कुनै ठाउँमा आफ्नो कर्तव्यबाट च्युत नहुने र उत्तरदायीपूर्ण काम गर्छु ।’

उनले आफू आग्रह पूर्वाग्रहबाट परिचालित नहुने र आफ्नो उद्देश्यप्रति प्रष्ट रहेको बताए
। आफ्ना व्यक्तिगत र ठूला योजना नभएको भन्दै प्रधानन्यायाधीश पराजुलीले व्यवहारिक र कार्यान्वयन योग्य कार्ययोजना अघि सारिएको बताए । उनले भने, ‘पद्दति र प्रणालीलाई भुलेर ठूलो उपलब्धि हासिल गर्न सकिँदैन ।’ उनले एक महिनाभित्र संवैधानिक इजलास गठन गरिसक्ने तथा अदालतमा रहेका कमीकमजोर सुधारबारे विगतको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्दै जाने जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित