FLASH NEWS
  • Loading...

माओवादी केन्द्रको विस्तारित बैठकको निष्कर्ष ः कमजोर संगठन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहका पराजय बेहोर्नुको कारण नै संगठन कमजोर भएको बताएका छन् ।
सोमबारबाट माओवादी मुख्यलयामा सुरु भएको विस्तारित बैठकमा बोल्ने अधिकांश प्रदेश इन्चार्जले पार्टीले केन्द्रमा संगठन ठूलो भए पनि आधारभूत तहसम्म विस्तार गर्न नसक्दा स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार भएको बताए ।
बैठकमा नेताहरुले सरकारको नेतृत्वमा रहेर सम्पादन गरिएका जनपक्षीय कामको व्यापक प्रचारप्रसार हुन नसक्दा स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षानुसार विजय हासिल गर्न नसकिएको बताएका छन् ।
बैठकको सुरुमै बोलेका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले बोकेका मुद्दाहरूले जिते पनि त्यसलाई मतमा रूपान्तरण गर्न नसकिएको बताएका थिए । त्यस्तै पार्टी सामाजिकीकरणमा चुकेको र जनताको बीचमा गएर काम गर्ने परिपाटी कम हुदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
त्यस्तै उनले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएकोतर्फ सचेत गराउँदै कि गुटबन्दीको अन्त्य हुनुपर्ने कि खुलेरै गुटबन्दी गर्नुपर्ने बताएका थिए । ‘कि गुटबन्दी अन्त्य गरौँ, कि आजबाट सबैले खुलेरै गुटबन्दी गर्न थालौँ,’ अध्यक्ष दाहालले खुलेरै भने ।

अध्यक्ष दाहालले हारमा पार्टीको आन्तरिक कारणले जिम्मेवार ठानेलगत्तै प्रदेश इन्चार्जहरुले भने आ–आफ्नो प्रदेशको चुनावी समीक्षा रिपोर्टिङ सुनाएका थिए । जसमा धेरै जसो प्रदेश इन्चार्जले कमजोर संगठन, भएका एजेन्डाको पनि प्रचार प्रसार नहुनु तथा आर्थिक परिचालनमा कमीबाहेक कांग्रेस–एमालले गरेको धाँधलीलाई चुनाव हारको जिम्मेवार रहेको बताएका छन् ।
सोमबारको बैठकमा प्रदेश नम्बर १ का संयोजक काङ्खलेले एजेन्डा भए पनि पैसाको अभाव, तालमेल परिणामुखी नभएको र चार हजारको केन्द्रीय सदस्यको सट्टा राम्रो र चुस्त पार्टी कमिटी बनाउनुपर्ने बताए ।

२ नम्बर प्रदेशका मात्रिका यादवले माओवादी एकताबद्ध हुने हो भने माओवादीले ५० सिट जित्ने, पार्टी एकतापछि मधेसमा संगठन र जनआधार राम्रो भएको र पहाडमा भोट नआउनुको कारण पनि मण्डले राष्ट्रवाद भएको बताए । प्रदेश नम्बर ३ का हितमान शाक्यले काठमाडौंमा लोडेसडिङको मुद्दा जनताका पु¥याउन नसकेको, र ०७० को चुनावमा बहिस्कारतिर लाग्दा पनि संगठन चुस्त गर्न नसकिएको बताए ।

५ प्रदेश नम्वरका शक्ति बस्नेतले पार्टीको विभाजनको असरकै कारणले हार बेहोर्नुपरेको बताएका थिए भने ७ नम्बर प्रदेशका लेखराज भट्टले बैशाखको चुनाव सरेपछि चुनाव खर्चिलो र कार्यकर्ता परिचालन गर्न गाह्रो भएको बताएका छन् उनले एमाले नेता भीम रावलले आफूलाई सरकार प्रमुखका रुपमा पेस गर्दा पनि कर्मचारी, प्रहरी र प्रशासनबाट पनि बदमासी हुदा हार बेहोर्नुपरेको बताए ।

बैठक बोल्ने अधिकांश वक्ताले कमजोर संगठनलाई हारको कारण औँल्याए पनि ४ नम्बर प्रदेश संयोजक देव गुरुङले भने निर्वाचन प्रणाली नै गलत भएको बताउँदै यस्तो निर्वाचन प्रणालीले परम्परावादी संसदीय शक्ति नै विजयी हुने निष्कर्ष निकालेका छन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित