FLASH NEWS
  • Loading...

एक साताबाट त्रिशूली अस्पतालमा प्रसूतिको शल्याक्रिया बन्द

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४५ पटक पढिएको
Post Thumbnail


नुवाकोट–सरकारी अस्पताल, त्रिशूली जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुदा प्रसूतिको शल्याक्रिया सेवा एक सातादेखि बन्द भएको छ ।
त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहु“दा सेवा बन्द भएको अस्पतालले जनाएको छ । सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा आइपर्ने जटिलतालाई समाधान गर्ने कुनै व्यवस्था छैन् । अस्पतालको व्यवस्थापन पक्ष हेरेपछि उत्पन्न हुन सक्ने समस्याका कारण गर्भवती राजधानी धाउन बाध्य भएको त्रिशूली अस्पतालका चिकित्सक डा राजेन्द्र लामाले जानकारी गराए ।
नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीको दैनिक उपचार तथा प्रसूति सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालमा समेत चिकित्सक नहुंदा मुलुकको अस्पतालहरुको वास्तविकता देखिउको छ । प्रसूति सेवा जस्तो संवेदनशिल विषयमा पनि सरकार उत्तरदायि नभएको देखिएको छ । प्रसुति सेवा बन्द भएपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताइन् । अस्पतालमा दैनिक १२÷१५ सुत्केरी हुनेगथ्र्या।
प्रसूति सेवा बन्द भएपछि प्रसूति विशेषज्ञ पठाइदिन प्रमुख पण्डितले स्वास्थ्य मन्त्रालयका सचिव डा किशोर रेग्मीसँग माग गरेकि थिइन् । अस्पतालको निरीक्षण गर्न आएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा वासुदेव पाण्डेको टोलीलाई अस्पतालमा दुई प्रसूति विशेषज्ञ पठाउन माग गरिएको उनले जानकारी गराइन् ।
विगतमा एक मात्र विशेषज्ञ चिकित्सक भएकाले सेवा बेला बेला प्रभावित हुने गरेको थियो । डा पाण्डेको टोलीले जिल्ला अस्पतालमा पुगेर नगर प्रमुख पण्डित, अस्पताल विकास समिति, अस्पताल सरोकार समिति तथा अस्पताल प्रशासन र चिकित्सकसंग अन्तरक्रिया गरी छिटोभन्दा छिटो प्रसूति विशेषज्ञ पठाइदिने आश्वासन दिएको अस्पतालका डा लामाले जानकारी दिए ।
अस्पतालमा कार्यरत प्रसूति विशेषज्ञ डा विनम्र सिलवाल काज अवधि पूरा भएर फर्किएपछि उनको स्थानमा मन्त्रालयले कोही पनि नपठाउँदा एक सातादेखि समस्या आएको हो । चार दशक पुरानो ५० शय्याको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा १७ चिकित्सकको दरबन्दी रहेकामा दुई मात्र स्थायी दरबन्दीका चिकित्सक रहेको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित