FLASH NEWS
  • Loading...

उपत्यकामा ६ लाख ३९ हजार सवारी चालकलाई कारबाही

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
उपत्यकामा ६ लाख ३९ हजार सवारी चालकलाई  कारबाही

काठमाडौँ- साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ३९ हजार ६११ सवारी चालकलाई  कारबाही गरेको छ ।

महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् । तीमध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५३३, जथाभावी पार्किङ २९ हजार ८०, मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने नौ हजार ६६३ कारबाहीमा परेका हुन् । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारी चालकलाई सङ्ख्याको वृद्धिसँगै सवारी चालकलाई  कारबाहीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको बताउनुभयो । महाशाखाले आव २०७२÷७३ मा पाँच लाख ४८ हजार ७७० सवारीलाई कारबाही गरेको थियो । यस्तै, उपत्यकामा यो वर्षमा खाल्डाखुल्डीका कारण ११ दुर्घटना भएको पनि महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित