FLASH NEWS
  • Loading...

ट्राफिक महाशाखामा खनाल, प्रहरी प्रवक्ता कार्की

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
ट्राफिक महाशाखामा खनाल, प्रहरी प्रवक्ता कार्की

काठमाडौँ-  साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ । 

यसअघि खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका थियो । आफूले आजबाटै महाशाखाको जिम्मेवारी सम्हालेको खनालले जानकारी दिनुभयो । राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याई सवारी चाप हटाउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । महाशाखामा रहनुभएका नायब महानिरीक्षक मिङ्मार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ । गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै यसलाई सुधार गर्नसक्ने अधिकृतलाई त्यहाँ पठाउन प्रहरी महानिरीक्षकलाई दिएको निर्देशनअनुरुप प्रहरी प्रधान कार्यालयले खनाललाई महाशाखामा पठाएको हो । केही दिनअघि मात्रै गृह मन्त्रालयले खनाललाई वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि गरेको सिफारिस गरेको छ । 

प्रहरी प्रवक्तामा कार्की 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीलाई दिइएको छ । यसअघिका प्रवक्ता सर्वेन्द्र खनालको महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा भएपछि कार्की प्रवक्ताको रुपमा आउनुभएको हो । रासससँग कुरा गर्दै प्रवक्ता कार्कीले प्रहरीसम्बन्धी आवश्यक सूचना पारदर्शी बनाउन तथा सञ्चारमाध्यम र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । कार्की प्रहरी महानिरीक्षक सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई गृह मन्त्रालयले प्रहरीको नायब महानिरीक(डिआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित