FLASH NEWS
  • Loading...

केसीका मागमा सहमति खोज्न वार्ताटोली गठन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
केसीका मागमा सहमति खोज्न वार्ताटोली गठन
काठमाडौं- साउन  |  चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत चार दिनदेखि आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसीका मागमा सहमति खोज्न तीन सदस्यीय वार्ताटोली गठन भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीका मागमा सहमति खोज्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा समिति गठन भएको हो । समितिमा स्वास्थ्य सचिव किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली सदस्य रहेका छन् । सरकारले गठन गरेको वार्ताटोलीले बिहीबार नै केसीलाई भेटेर वार्तामा आउन आग्रह गरेको छ । सरकारी टोलीले वार्ताबाट सबै समस्याको समाधान खोज्न तयार भएको बताएको सचिव गोपीनाथ मैनालीले जानकारी दिए । चिकित्सक केसी वार्तामा बस्न सहमत भएका छन् । उनले आफ्नो तर्फबाट तीनजना चिकित्सकलाई वार्ता टोलीको सदस्य बनाएर पठाउने बताएका छन् । चिकित्सक केसीले चिकित्सकहरू जीवन क्षेत्री, वाइपी सिंह र रञ्जन सापकोटा रहेको वार्ता टोली गठन गरेका छन् । उनीहरूले शुक्रबारदेखि नै वार्तामा बस्ने समझदारी भएको सचिव मैनालीले जानकारी दिए ।

११औँ अनशनमा केसीका माग
-त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्नुपर्ने । 
-नर्स, आवासीय चिकित्सक, विद्यार्थीहरू तथा चिकित्सकका लागि नयाँ आवास तथा छात्रावासको व्यवस्था गर्नुपर्ने । 
-अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउनुपर्ने । 
-संविधानमा लेखिएबमोजिम सबैखालका इमर्जेन्सी सेवा पूर्णरूपमा निःशुल्क गर्नुपर्ने । 
-शौचालयहरू थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित