FLASH NEWS
  • Loading...

खोलाले बगाएर तीनको मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४३ पटक पढिएको
Post Thumbnail

कपिलवस्तु- साउन । खोलाले बगाएर जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरी बुधबार भैँसी चराउन गएकामा खोलाले बगाएर बेपत्ता बनाएपछि आज उनको शव खोला किनारमा फेला परेको छ । यसैगरी विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार तथा रोल्पा घर भई विजयनगर गाउंँपालिकामा आफन्तका घरमा आएका ५० वर्षीय मित्रे सुनारको विसहवा खोलाले बगाएर आज मृत्यु भएको प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित