- Loading...
संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने प्रतिबद्धता
- गोल्डेन खबर
- ६ साल अघि
- २९ पटक पढिएको

|Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
जनकपुरधाम- साउन । प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने बताउनुभएको छ ।

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा आज यहाँ आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उहाँले मधेसले नै काँग्रेसलाई बचाएको र मधेसले नै काँगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको निर्वाचनमा काँग्रेसले अग्रता लिनैपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले हुलाकी राजमार्गलाई पूर्णता दिने सन्दर्भमा आफ्नो भारत भ्रमणमा भारतीय सरकारलाई आग्रह गर्ने बताउँदै नागरिकता, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग र निजगढमा विमानस्थल जस्ता विषय छिट्टै टुङ्ग्याइने जानकारी दिनुभयो । उहाँले मधेसको माग सम्बोधनअन्तर्गत थुनिएकालाई छाड्ने र मुद्दा फिर्ता लिने कार्यलाई मूर्तता दिने प्रयास जारी रहेको बताउनुभयो । सभापति देउवाले निर्वाचन जित्ने उम्मेदवारको सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिनुभयो । उहाँले नेकपा एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन र मनोमालिन्य उत्पन्न गर्न उद्यत देखिएको भन्दै त्यसबाट सजग रहन आग्रह गर्नुभयो ।
जनतासँग घुलमिल भएकालाई उम्मेदवार बनाउ
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा तेरो र मेरो भावनालाई जित्न सकिने बताउँदै जनतासँग घुलमिल भएकाहरुलाई उम्मेदवार चयन गरी एकताबद्ध भएर निर्वाचन अभियानमा लाग्न आग्रह गर्नुभयो । महामन्त्री डा शशांक कोइरालाले काँग्रेसलाई काँग्रेसले नै हराउने गरेकामा त्यसप्रति सजग रहनु जरूरी छ भन्नुभयो । कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधनको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने औँल्याउनुभयो । पूर्वमहामन्त्री विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले साउनभरमै उम्मेदवारको छनोटमा जोड दिनुभयो । केन्दीय सदस्य एवम् कृषिमन्त्री रामकृष्ण यादवले उम्मेदवार चयनमा गुट उपगुट बनाउने जस्ता क्रियाकलाप नगर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य एवम् श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरलेले एमालेले भ्रमको खेती गरिरहेको आरोप लगाउनुभयो ।
केन्द्रीय सदस्य प्रदीप गिरीले केपी शर्मा ओली विभाजनकारी र सिके राउत विखण्डनवादी भएको आरोप लगाउनुभयो । भेलामा पूर्वकोषाध्क्ष चित्रलेखा यादव तथा केन्द्रीय सदस्य कल्याण गुरूङ, अजयकुमार चौरसिया, आनन्दप्रसाद ढुङ्गाना, उमाकान्त चौधरी र रमेश रिजालले नेताहरूले मनबाट लोभ हटाई निर्वाचन अभियानमा लागेमा काँग्रेसलाई कसैले पनि हराउन सक्दैन भन्नुभयो ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | पुनम हमाल |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | सुजाता तोलाङ्गे |
साईट मेनु
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।