FLASH NEWS
  • Loading...

७३ महिला–बालबालिका भेटिएनन्

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६० पटक पढिएको
७३ महिला–बालबालिका भेटिएनन्

सल्यान- साउन । हराएका ७३ महिला तथा बालबालिका अझै भेटिएका छैनन् । गत आव २०७३÷७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो ।

तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला, १० बालक र पाँच बालिका नभेटिएको जिप्रका सल्यानले जनाएको छ । हराएको निवेदन परेकामध्ये आठ महिला, चार बालक र आठ बालिका फेला परेको जिप्रकाका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । गरिबी, सामाजिक विभेद, आर्थिक अभावलगायत विभिन्न कारणले गर्दा घर छाडेर जानेको संख्या जिल्लामा बढ्न थालेको छ । महिलाले प्रायः आर्थिक अवस्था कमजोर भएपछि धन कमाउन, श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यसँगको बेमेल तथा घरेलु हिंसामा परेर पनि घर छाडेर जाने गरेको प्रनाउ खत्रीले वताउनुभयो । बालबालिका पढ्ने लेख्ने अवसरबाट वञ्चित हुनु, घरपरिवारको माया नपाउनु, साथीसंगीको लहलहै तथा बालविवाह गरेर पनि घर छाडेर जाने गरेका छन् । हराएकाहरुको खोजी प्रहरीले निरन्तर रुपमा गरिरहे पनि उनीहरु सम्पर्कमा आएका छैनन् । “हामीले खोजी कार्य निरन्तर गरिरहेका छौँ, निवेदन दिएका परिवारसँग पनि सम्पर्क गरेका छौँ तर उनीहरु अझै फेला पर्न सकेका छैनन्”, खत्रीले भन्नुभयो । हराएका महिलालाई देशका विभिन्न ठाउँबाट बेचबिखन, देहव्यापार, यौनधन्दालगायत क्रियाकलापमा देश बाहिर पठाउन लागेको भनेर कहीँ कतैबाट उद्धार गरेको सूचना तथा यस्तो कुनै पनि जानकारी प्राप्त नभएको खत्रीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित