FLASH NEWS
  • Loading...

इटहरीमा सात जनाको शव पानीमा भेटियो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५७ पटक पढिएको
इटहरीमा सात जनाको शव पानीमा भेटियो

विराटनगर-  साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।

भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०÷३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित