FLASH NEWS
  • Loading...

संकटग्रस्त क्षेत्र घोषणा माग गर्दै सर्वोच्चमा रिट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
संकटग्रस्त क्षेत्र घोषणा माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ-साउन । सर्वोच्च अदालतमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका अपूरणीय क्षति भएकाले तत्काललाई बाढी पहिरो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै रिट निवेदन दायर भएको छ ।

अधिवक्ता सुनिलरन्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समितिलगायतलाई विपक्षी बनाई आज दायर गर्नुभएको रिट निवेदनमा बाढी पहिरो र डुबान क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र बचाउको कार्य गर्न माग गरिएको छ । रिट निवेदनमा बाढी पहिरोमा परी जनधन गुमाएका परिवारलाई आवश्यक गास, बास र कपास, औषधोपचार, स्वास्थ्य खानेपानीको व्यवस्था मिलाउन आदेशको माग गरिएको छ । नेपालको पानी भारत निकासमा भारतसँग ठोस पहल गरी आवश्यक समाधानको लागि परमादेशको आदेश जारी गर्न माग गरिएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित