FLASH NEWS
  • Loading...

सरकारी कार्यालय डुबानमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
सरकारी कार्यालय डुबानमा

जनकपुरधाम- भदौ । राति परेको अविरल वर्षाले धनुषा जिल्लाका सरकारी कार्यालय डुबानमा परेका छन् ।

पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेका सडक जलाशयमा परिणत भएको छ भने कार्यालय परिसरमा दुई फिटभन्दा माथि पानी जमेको छ । एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणको कार्य गर्दा ह्युम पाइप राख्दा गरेको लापरबाहीले पानीको बहाव बन्द भई राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण र जिल्ला प्रहरी कार्यालय परिसर डुबानमा परेको छ । राष्ट्रिय समाचार समितिमा तीन फिटभन्दा बढी पानी जमेका कारण समाचार सम्प्रेषण र कार्यालय सञ्चालनमा समस्या भएको छ । पानीले प्रजिअको आवास क्षेत्रस्थित सुरक्षा गार्ड परिसर पनि जलमग्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित