FLASH NEWS
  • Loading...

ग्वान्जाओमा महावाणिज्य दूतावास

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६२ पटक पढिएको
ग्वान्जाओमा महावाणिज्य दूतावास

|dxfjfl0fHo b"tfjf;sf] pb3f6g rLgsf] UjfªGbf]ª k|fGtdf g]kfnsf] dxfjfl0fHo b"tfjf; sfof{nosf] pb3f6gkl5 ljz]if sfo{qmdnfO{ ;Daf]wgsf qmddf pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb'/ dx/f . ;fydf rLgsf nflu g]kfnL /fhb"t nLnfdl0f kf}8]nnufot . tl:a/ M xl/ nfld5fg], /f;;

काठमाडौँ- भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो ।

d

परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिनुभयो । यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताउनुभयो । उहाँले आउँदा दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो । यहाँ झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन् ।
उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको प्रेस जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित