FLASH NEWS
  • Loading...

दलदलमा फसेर गैँडा म¥यो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४१ पटक पढिएको
दलदलमा फसेर गैँडा म¥यो

चितवन- भदौ । चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ । 

दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैँडा आज बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताउनुभयो । साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैँडा फसेको निकुञ्जले जनाएको छ । यही साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत इचर्नी पोस्ट नजिकै दुईवटा भाले गैँडा जुध्दा लडेर एउटा गैँडा मरेको थियो । गएको आवमा विभिन्न कारणले २५ वटा गैँडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित