FLASH NEWS
  • Loading...

सशस्त्र प्रहरीको निधन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

रसुवा- भदौ । पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आज निधन भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठ छन् । गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकामा चोट लागेकामा हेलिकप्टरबाट काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार गर्दागर्दै आज अपराह्न १ः१५ बजे निधन भएको वाग्लेले जानकारी दिनुभयो । निजको घर बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित