FLASH NEWS
  • Loading...

काठमाडौंको फोहर ओखरपौवामा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५१ पटक पढिएको
काठमाडौंको फोहर ओखरपौवामा

नुवाकोट-भदौ । प्रभावित क्षेत्रका बासिन्दाले राखेको माग पुरा गर्ने सहमतिपछि आजदेखि काठमाडौँ उपत्यकाको फोहर ओखरपौवामा फाल्न थालिएको छ । 

प्रभावित क्षेत्रका बासिन्दाका माग पूरा गर्न पाँचबुँदे सहमति तथा कार्यदल गठन गरेपछि फोहर फाल्न शुरु गरिएको ककनी गाँउपालिका– २ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो । काठमाडौँको फोहर बोकेका गाडी आज बिहानैदेखि फोहर फाल्न आउन थालेका उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्का, ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालसहित फोहर प्रभावित क्षेत्र ककनी गाँउपालिका– १, २ र ३ तथा धादिङको धुनीवेशी नगरपालिका– १ र २ का वडाध्यक्षसहितको सरोकारवालाको बैठकले मागको सम्बन्धमा कार्यदल गठन गरी त्यसले पेश गरेको प्रतिवेदन दश दिनभित्र कार्यान्वयन गर्ने सहमति भएपछि फोहर फाल्न थालिएको हो । कार्यदलमा फोहरबाट प्रत्यक्ष प्रभावित ककनी गाउँपालिकाका तीनवटै वडा र धुनीवेशी नगरपालिकाको दुईवटै वडाध्यक्ष र वडाध्यक्षले तोकेका एक÷एक जना प्रतिनिधि सदस्य रहने छन् । कार्यदलले फोहर व्यवस्थापनका लागि अध्ययन गरी माग प्रतिवेदन पेश गर्ने र त्यसको शतप्रतिशत सम्बोधन गर्ने सहमती भएपछि फोहोर फाल्न प्रभावित क्षेत्रका बासिन्दा सहमत भएका हुन् । पाँच बुँदे सहमतिमा फोहरको विसर्जन गर्ने ठाउँबाट नौ सय मिटर दूरीमा पर्ने अति प्रभावितलाई घरटहराको प्रति स्क्वायर मिटर वार्षिक रु ५० कायम रहने, फोहर विसर्जन खाल्डो खनेर गर्ने र माटोले पुरी रोग नियन्त्रण गर्न किटनाशक औषधिको प्रयोग गर्ने, लिचडको प्रशोधन गरेर मात्र खोलामा पठाउने, फोहर फाल्ने स्थान (तीनपिप्ले–सिसडोल)सम्मको सडक स्तरोउन्नति गर्ने, ओखरपौवाका शाखा सडक कालोपत्र गर्ने तथा ककनी गाउँपालिका– १ र २ का लागि काठमाडाँै महानगरपालिकाले तीन महिनाभित्र एम्बुलेन्स उपलब्ध गराउने उल्लेख छ । काठमाडाँैमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहर विसर्जन ओखरपौवा सिसडोलमा गरिँदै आएको छ । काठमाडाँै महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा विगत १३ वर्षदेखि फोहर फालिँदै आएको छ । त्यसको विकल्पमा ओखरपौवाको वञ्चरेडाँडाको प्रस्ताव गरेपनि अझै पूर्वाधार निर्माण हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित