FLASH NEWS
  • Loading...

अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

महोत्तरी- भदौ । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । मनोनयन दर्ताको एक दिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित