FLASH NEWS
  • Loading...

डिआइजी सिलवालले राजीनामा दिए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
डिआइजी सिलवालले राजीनामा दिए

काठमाडाँै-भदौ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उहाँले दायर गरेको रिट निवेदन आज खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले आजैका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गर्नुभएको हो । आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उहाँले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित