FLASH NEWS
  • Loading...

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४७ पटक पढिएको
साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

|The Nepali national football team pose for a photo before the internatioanl friendly match againt Bangladesh kicked-off at the Bangabandhu Stadium on Thursday, December 17, 2015. Photo: ANFA

काठमाडौँ- भदौ । भुटानमा हुने साफ अठार वर्षमुनि (यु–१८) च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । 

T

आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक छिरिङ लोप्साङले अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोलीको छनोट गरेका हुन् । टोलीको उपकप्तानमा प्रेजन तामाङ, गोलरक्षक सन्देश गुरुङ र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, राजन गुरुङ, रोमन लिम्बू, आकाश श्रेष्ठ, अशिम भुसाल, विकास खवास तथा निराजन महर्जन छन् । मिडफिल्डर अशोक थापामगर, अभिषेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदम्बे, राम ओजे, राजिव लोप्चन तथा दिनेश हेन्जन छनोटमा परेका छन् । त्यस्तै फरवार्डमा धिरज श्रेष्ठ, दिपेश आलेमगर, रेजिन सुब्बा र प्रेजेन तामाङ छन् । पाँच राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल असोज ४ गते आयोजक भुटानसँग खेल्नेछ । दोस्रो खेल असोज ६ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने असोज ९ गते बंगलादेश तथा ११ गते भारतसँग खेल्नेछ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित