- Loading...
कमलाद्वारा तीन राष्ट्रिय कीर्तिमान
- गोल्डेन खबर
- ७ साल अघि
- ८८ पटक पढिएको
काठमाडौं -भदौ नेपाली सेनाकी कमला श्रेष्ठ प्रथम सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन् ।
काठमाडाँै जिल्ला भारोत्तोलन संघको आयोजनामा आज भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथै कूलमा १४३ केजीका साथ आफ्नो नाममा नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि यस विधामा २०७० सालमा काठमाडौँमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीको नामम स्नाचमा ३५, क्लिनमा ५३ र कूलमा ८८ केजी तौलको कीर्तिमान कायम रहेको थियो । यस विधामा नेपाली सेनाकी मनिता श्रेष्ठ ६१ र ८० केजी गरी कूल १४१ केजीका साथ दोस्रो स्थानमा रहिन् । सोही तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ केजी र क्लिनमा ६८ केजीका गरी कूल १२३ केजीका साथ पहिलो भइन् भने नेपाली सेनाकी उषा खड्का स्नाचमा ५५ र क्लिनमा ६७ केजी सहित कूलमा १२२ केजीका साथ दोस्रो भइन् । प्रतियोगिताको सिनियर ५३ केजी तौल समूहमा बाँकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । यसअघि उनले एशियन युथ एण्ड जुनियर च्याम्पियनसिपमा ८० केजी भारका साथ नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनले स्नाचमा ५७ र कूलमा १३८ केजीका साथ स्वर्ण प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी झापाकी सुमी भट्टराईले कूल ४९ केजीका साथ रजत पदक जितिन् ।
यसै स्पर्धाको जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्नाचमा ३५ र क्लिनमा ५१ गरी कूल ८६ केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् भने सप्तरीकी सन्तोषी यादव दोस्रो तथा पर्साकी रविना बस्नेतले तेस्रो भइन् । ललितपुरस्थित बालकुमारी ब्याङ्गक्वेटमा भएको उक्त प्रतियोगिताको ४८ केजी जुनियरमा झापाकी करिना चौधरीले स्नाचमा २८, क्लिनमा ३७ केजी गरी कुलमा ६५ केजीका साथ स्वर्ण पदक पाइन । त्यस्तै सप्तरीकी सरिता यादव र सप्तरीकै वन्जिता थापामगर क्रमशः दोस्रो र तेस्रो भए । सोही स्पर्धाको सिनियरतर्फ नेपाली सेनाकी रीताकुमारी गुरुङले स्नाचमा ४० र क्लिनमा ४५ गरी कुलमा ८५ केजीको भार बहन गर्दै स्वर्ण पदक प्राप्त गरिन् भने बाँकेकी ताराकुमारी चौधरीले रजत पदक जितिन् । यस्तै, ५८ केजी जुनियरतर्फको खेलमा कास्कीकी टिकामाया गुरुङले स्वर्ण पदक हात पारिन् भने सप्तरीकी काजल यादवले रजत जितिन् । सोही तौलको सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्णपदक हात पारिन् । विजयी खेलाडीहरुलाई बिहीबार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
साईट मेनु
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।