FLASH NEWS
  • Loading...

संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः प्रचण्ड

  • गोल्डेन खबर
  • ६ साल अघि
  • २९ पटक पढिएको
संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः  प्रचण्ड

धनुषा- भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताउनुभएको छ । 

धनुषाको सहिद नगरपालिका यदुकुहामा आज आयोजित चुनावी सभालाई संबोधन गर्दै उहाँले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताउनुभयो । अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनपछि परिवर्तनकारी शक्तिको बहुमत भएका बेला फेरि संविधान संशोधन प्रस्ताव ल्याएर मधेशी जनताको अधिकार ग्यारेन्टी गर्ने दाबी गर्नुभयो । संविधान संशोधन प्रस्ताव पारित नभए पनि सबै दललाई निर्वाचनसम्म ल्याइपु¥याउन सफल भएको बताउँदै उहाँले भन्नुभयोे, “सामाजिक न्याय, समावेशीता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषयलाई यो संविधानले संस्थागत गरेको छ, बाँकी मुद्दालाई संशोधनमार्फÞत हल गरी यसको सर्वस्वीकार्यता बढाउन हाम्रो प्रयास जारी रहनेछ ।” अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताउँदै यो पञ्चायति चुनाव जÞस्तो या गाविस अध्यक्ष चुनेजÞस्तो नभई स्थानीय सरकारको चुनाव भएकाले यसको महत्व बुझ्न सबैलाई आग्रह गर्नुभयो । धनुषामा विभिन्न चुनावी सभालाई संबोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा माओवादीतर्फ जनलहर बढ्दै गएको बताउनुभयो । जनकपुर उपमहागरपालिका कनकपट्टीमा पनि बिहीबार बिहान चुनावी सभालाई संबोधन गर्दै उहाँले राष्ट्रिय एकता तथा संविधान संशोधनको मुद्दालाई गति प्रदान गर्ने माओवादी केन्द्रमाथि आम मधेशी जनताको विश्वास बढ्दै गएको दाबी गर्नुभयो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित