FLASH NEWS
- Loading...
मतदाता मतदान गर्न आतुर
- गोल्डेन खबर
- ७ साल अघि
- ६८ पटक पढिएको
वीरगञ्ज- असोज प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् ।
मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । दुई दशकपछि भोलि हुने तेस्रो चरणको निर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मत खसाल्न पाउँदा मतदातामा खुशीको लहर छाएको हो । संविधानप्रति विमति जनाउँदै आएका मधेशवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हँुदै आएकामा ती मधेशवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ । संविधानमा व्यवस्था भएअनुसार नै यसपाली निर्वाचनमा महिला, दलित तथा उत्पीडन समुदायले उम्मेदवार बन्ने मौका पाए र यो संविधानले महिलाको समान अधिकारलाई सुनिश्चित गरेकाले सोमबार मत खसाल्न महिला पनि तम्सिएका छन् । यहाँको महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दिए पनि यसपाली उम्मेदवार र दलको ख्रोक्रो आश्वासनमा नपरि विकास गर्ने उम्मेदवारलाई मत खसाल्न घर नजिकै रहेको मतदान केन्द्रमा जाने अलौवासीको सोच छ । “नेताका झूठो आश्वासनको जालोमा धेरै परियो तर अब सोमबार असल र विकासप्रेमी उम्मेदवारलाई भोट हाल्छौँ । वीरगञ्ज महानगरपालिका वडा नं २४ रमघडवाका शेषमन पण्डित भन्नुहुन्छ, “दुई दशकपछि स्थानीय तहको चुनावमा मत खसाल्न पाएको अधिकार बिहानै मतदान गरी सदुपयोग गर्छौं ।” चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवार समृद्ध र सवल पर्सा, सडक सञ्जालको विकास ,आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मत खसाल्ने कुरामा मतदाताबीच विमति भने देखिँदैन । यो जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ११२वटा मतदान केन्द्र रहेको छ । दुई लाख ८० हजार २१२ मतदाताले बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदानका लागि सबै व्यवस्था मिलाइसकिएको, सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले पायकपर्ने ठाउँमा मतदान गर्न सहज वातावरण बनेको छ । जनप्रतिनिधिविहीन अवस्थामा दुई दशकसम्म विकास हुन नसकेको पर्सा जिल्लामा सोमबार हुने निर्वाचनले विकासको बाटो खोलिदिएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।