FLASH NEWS
  • Loading...

प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५६ पटक पढिएको
प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो

काठमाडौं- असोज । प्रदेश २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी समेत सहभागी भएको चुनावमा झण्डै ७३ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।  मतदाताले उत्साहजनक रुपमा मतदान गरेका छन् । बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई तीन घण्टा अघि नै मतदाता लामवद्ध भएका थिए । बृद्धबृद्धा  परिवारको सदस्यको सहयोगमा मतदान स्थलमा पुगेका थिए । आयोगका अनुसार मतदानमा महिला तथा दलित समुदायको सहभागिता निकै उत्साहप्रद रहेको छ । प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका वीरगञ्ज महानगरपालिकासहित १३६ स्थानीय तहमा चुनाव भएको छ । यो चुनावले ६ हजार ६१९ जनप्रतिनिधि चयन गर्नेछन् । कुल ६ हजार ६२७ पदमध्ये ८ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । ३७ हजार २३६ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा राजपाका वडाध्यक्ष उम्मेदवारको निधन भएका कारण दुई वटा मतदान केन्द्रमा मतदान हुन सकेन । त्यहाँ ५ गते मतदान गर्ने तय भएको छ । केही स्थानमा भने फर्जी मतदाता पनि भेटिएका छन् । नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ जना र कानुनको उल्लंघन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु मध्ये ११ जना महोत्तरीमा पक्राउ परेका हुन् । प्रदेश २ को चुनावसँगै नयाँ संविधान अनुसार स्थानीय तहको निर्वाचन देशभर सम्पन्न भएको छ । प्रदेश १, ३ र ५ मा वैशाख ३१ र प्रदेश ४, ६ र ७ मा असार १४ मा चुनाव भएको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित