FLASH NEWS
- Loading...
पोखरा जान सुपर डिलक्स बस
- गोल्डेन खबर
- ६ साल अघि
- २० पटक पढिएको

काठमाडौँ-असोज राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएको छ ।
यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबार काठमाडौँबाट सञ्चालनमा ल्याएको हो । नेकपा (एमाले) कास्कीका सांसद एवं व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी जगदम्बा ट्राभल्सले भित्र्याएको यस्तो बसले नेपालको मान प्रतिष्ठा बढेको बताउनुहुन्छ । “पूर्वाधारका अभावका बीच पनि व्यवसायीले नेपालको यातायात क्षेत्रमा ठूलो लगानी गर्नुभएको छ, यस्तो लगानीले यातायात क्षेत्रको सुुधारका लागि अरुलाई थप चुनौती थपिदिएको छ”– सभापति अधिकारी भन्नुहुन्छ । उहाँ यातायात सञ्चालनमा देखिएका समस्या समाधान गर्न चाहिने ऐन, कानून निर्माणमा आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुहुन्छ । कूल २६ सिट रहेको उक्त बसमा यात्रुका लागि भने २१ सिट छुट्याइएको छ । बाँकी पाँच सिट बसका चालक, सहयोगी चालक र बसभित्र काम गर्ने कर्मचारीका लागि राखिएका छन् । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफी, चिसो, चकलेट, शौचालय आदिको सुविधा रहेको छ । प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारी बसमा रिमोर्ट सिस्टमबाट सिट फोल्डिङ गरेर सुत्न सकिने, मसाज गर्न सकिने, पत्रपत्रिका तथा किताब पढ्न मिल्ने सेवासमेत रहेको बताउनुहुन्छ । अधिकारी उक्त बस दक्षिण एशियाकै उत्कृष्ट भएको दाबी गर्नुहुन्छ । सरकारले काठमाडौँबाट पोखरासम्मको आनन्ददायी सवारी साधनको बस भाडा प्रति व्यक्ति रु ८०० कायम गरे पनि यो बसभित्र खाना, खाजा, चिया, कफी, मनोरञ्जन, इन्टरनेट सुविधा, शौचालय लगायतका सुविधा भएकाले नेपालीलाई रु दुई हजार २०० र विदेशीलाई रु दुई हजार ७०० कायम गरिएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | पुनम हमाल |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | सुजाता तोलाङ्गे |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।